माइक्रोसफ्टको एन्ड्रोइड फोन ल्याउने तयारी |
काठमाडौं । स्मार्टफोन बजारमा असफल भएको माइक्रोसफ्टले फेरि नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । माइक्रोसफ्टले एन्ड्रोइड अपरेटिङ सिस्टमबाट चल्ने हाइ रेञ्जको स्मार्टफोन ल्याउने भएको हो ।
कम्पनीले सेप्टेम्बर १० मा स्मार्टफोन ल्याउने मिति घोषणा गरेको छ । सर्फेस डियो नाम दिइएको यो फोनको मूल्य १ हजार ३९९ अमेरिकी डलर (करीब १ लाख ७० हजार रुपैयाँ) हुने बताइएको छ ।
दुईओटा स्क्रिन हुने यो फोन ट्याब्लेट जस्तो हुने छ । यसको डिस्प्ले ८.१ इन्चको हुने बताइएको छ । फोल्ड गर्नमिल्ने यो फोनमा एउटामात्र क्यामेरा हुने र यसले फोर के भिडियो रेकर्ड गर्ने कम्पनीको ब्लगमा उल्लेख गरिएको छ ।
यसअघि माइक्रोसफ्टले आफ्नै अपरेटिङ सिस्टमम नोकिया किनेर लुमिया लगायतका मोडलहरु ल्याएको थियो। बजारमा असफल भएपछि त्यसको उतपादन बन्द गरेको कम्पनीले उच्च मूल्य रेन्जमा फेरि स्मार्टफोन ल्याउन लागेको हो ।
कम्पनीले यो फोनलाई प्रडक्टभिडी डिभाइसका रुपमा प्रस्तुत गर्न लागेको छ । पर्सनल कम्प्युटरको जस्तै काम गर्ने बताइएको यो फोनले उपभोक्ताको मन जित्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।