एनएलजीको नाफा २० करोड १० लाख |
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गएको वर्ष १५ प्रतिशतले खुद नाफा बढाएको छ । आर्थिक वर्ष २०७६∕७७ को अन्तिम त्राइमासको वित्तीय विवरणअनुसार कम्पनीले २० करोड १० लाख नाफा आर्जन गरेको छ ।
कम्पनीले अघिल्लो वर्ष १७ करोड ४२ लाख रुपैयाँ आर्जन गेको थियो । प्रमियम संकलन घटेपनि कम्पनीले नाफा भने बढाउन सफल भएको छ । कम्पनीले गएको वर्ष खुद ५९ करोड प्रमियम संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा यो २६ प्रतिशतले न्यून हो ।
१ अर्ब चुक्ता पुँजी पुर्या एको कम्पनीको जगेडा कोष ३१ करोवड पुगेको छ । तयस्तै १३ प्रतिशतले बढेर बीमा कोष ८९ करोड पुगेको छ ।
प्रतिशेयर आम्दानी १९.९३ रुपैयाँ रहेको कम्पनी शेयर नेटवर्थ २१९.७० रुपैयाँ रहेको छ ।