एभरेष्ट बैंकको वितरणयोग्य मुनाफा साढे एक अर्ब माथि |
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा एभरेष्ट बैंकको खुद नाफा घटेको छ । अघिल्लो आर्थिक वर्षको तलुनामा ५६ करोड रुपैयाँले घटेर बैंकको खुद नाफा २ अर्ब ४९ करोड रुपैयाँमा सीमित भएको हो ।
अघिल्लो आर्थिक वर्षको यहि अवधिमा बैंकले ३ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेपछि खुद नाफा पनि घट्न गएको हो ।
गत आर्थिक वर्षको चौथो त्रैमासम्ममा बैंकले ५ अर्ब ३१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८ करोड रुपैयाँ कम हो। अघिल्लो आर्थिक वर्षको यहि अवधिमा बैंकले ५ अर्ब ६९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ७७ करोड रुपैयाँ घटेर ३ अर्ब ५७ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षको यस अवधिमा बैंकले ४ अर्ब ३५ करोड रुपैयाँ सञ्चालन मुनाफ कमाएको थियो ।
यस्तै बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब ६७ करोड ३१ लाख रुपैयाँ रहेको छ । बैंकको खुद नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । चुक्ता पूँजी ८ अर्ब ५१ करोड रुपैयाँ रहेको यस बैंकको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ १५ पैसा रहेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६ रुपैयाँ ९ पैसाले बढी हो । अघिल्लो आर्थिक वर्षको यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी ३८ रुपैयाँ ५ पैसा थियो ।
बैंकको जगेडा कोषमा ८ अर्ब १४ करोड रुपैयाँ सञ्चित छ भने रिटेन्ड अर्निङ्ग १ अर्ब ७२ करोड र शेयर प्रिमियम २३ करोड रुपैयाँ छ ।
बैंकको प्रतिशेयर नेटवर्थ २१९ रुपैयाँ ८४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २१.६७ गुणा छ । बैंकको निष्क्रिय कर्जामा भने अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा बढेर ०.२२ प्रतिशतमा पुगेको छ ।
असार मसान्तमा बैंकको बेस रेट ८.०५ प्रतिशत र स्प्रेड रेट ३.५९ प्रतिशत रहेको छ ।