नेपाल बंगलादेश बैंकले गरायो रेटिङ्ग, २ अर्बको ऋणपत्र निष्काशन गर्ने |
काठमाडौं । नेपाल बंगलादेश बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले एक हजार रुपैयाँ अंकित दरमा उक्त रकम बराबरको ऋणपत्र जारी गर्न लागेको हो ।
बैंकले ऋणपत्र जारी गर्न गराएको रेटिङ्गमा इक्रा नेपालले मध्यम क्रेडिट गुणस्तर जनाउने केयर एनपि एल त्रिपल बि प्लस रेटिङ्ग प्रदान गरेको छ । यस रेटिङ्ग प्राप्त गर्ने उपकरणहरु समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित मानिन्छ ।
बैंकले ऋणपत्र जारी गर्न रेटिङ्ग गराएपनि हालसम्म नेपाल धितोपत्र बोर्डमा भने आवेदन दिएको छैन । बोर्डबाट अनुमति पाएपछि मात्र बैंकको ऋणपत्र बिक्रीमा आउनेछ ।