सिटिजन लाइफको जीवन बीमा कोषमा १६४ प्रतिशत बृद्धि |
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आ.व. २०७६/०७७ को चौथोे त्रैमासिक ( आषाढ मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
वित्तीय विवरणअनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमाकोष बलियो बनाउँदै सो मा १६४ प्रतिशतले वृद्धि गरेको छ ।
गत आषाढ मसान्तमा कम्पनीको जीवन बीमा कोष ६३ करोड ४८ लाख रुपैयाँ रहेकोमा यस आषाढ मसान्तमा सो रकम १ अर्व ६७ करोड ८८ लाख पुगेको छ ।
यसका साथै कम्पनीले गत आ.व.को आषाढ मसान्तसम्ममा कुल बीमा शूल्क १ अर्व १६ करोड ५१ लाख रुपैयाँ संकलन गरेकोमा यस आ. व.को सोही अवधिमा १ अर्व ९६ करोड ८३ लाख कुल बीमा शुल्क संकलन गर्न सफल भएको बताएको छ ।
यसअनुसार बीमा शूल्क आर्जन ६९ प्रतिशतले बढेको देखिन्छ ।
यो कम्पनीले जगेडा तथा कोषको आकार पनि २२ करोड ८६ लाखबाट ११७ प्रतिशतले बढाएर ४९ करोड ६१ लाखको उचाईमा पुर्याएको छ । साथै कम्पनीले लगानी र बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा ३१ प्रतिशतको वृद्धी गरी ३३ करोड ८३ लाख पुर्याएको छ ।