नेपाल भित्रिदै स्मार्ट कनेक्ट फिचरसहितको टिभिएस अपाचे २०० ४भी |
काठमाडौं । केही समयमै स्मार्ट कनेक्ट फिचरसहितको टिभिएस अपाचे २०० ४भी नेपाली बजारमा भित्रने भएको छ । टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले स्मार्ट कनेक्ट फिचरसहितको टिभिएस अपाचे २०० ४भी ल्याउन लागेको हो ।
यसमा रेस टेलिमिल्ट्री, ट्विन बाई ट्विन नेभिगेसन, कल/एसएमएस अलर्ट, लो फ्विल वार्निङ एण्ड एसिस्ट, क्र्यास अलर्टट सिस्टम, लेन एङ्गल मोड, एड्भन्स एबिएस विथ आरपिएल, आरटी स्लिपर क्लच, लगायतका स्मार्ट फिचर्सहरु समावेस छन् ।
१९७.७५ सीसीको फोर स्ट्रोक आयलकुल्ड १९७.७५ सिसी इन्जिनको यस नयाँ अपाचे आरटीआर २०० ४भीले २०.५ पीएस पावर र १८.१० एनएम टर्क जेनेरेट गर्छ ।
३.९ सेकेन्डम ० देखि ६० किलोमिटर प्रतिघण्टाको स्पिडमा पुग्नसक्ने दावी गरिएको यस मोटरसाइकलको उच्च गति १२७ किलोमिटर प्रतिघण्टा रहेको छ ।
५ स्पिड गियर बक्स रहेको यस मोटरसाइकलको इन्धन क्षमता १२ लिटर रहेको छ। यसमा १८० मिलिमिटर ग्राउण्ड क्लेयरेन्स छ भने ग्लसी ब्याक र पर्ल ह्वाइट गरी २ ओटा रङ्गहरुमा उपलब्ध छ ।