३८० जनामा कोरोना संक्रमण पुष्टि, थप दुई जनाको मृत्यु |
काठमाडौं । पछिल्लो २४ घण्टामा ३८० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ५१५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ । उनीहरुमध्ये ७५ जनाको मृत्यु भएको छ भने १६ हजार ३५२ जना निको भइसकेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ९० जना संक्रमित थपिएका छन् ।
यस्तै पर्साका ७३ जना, धनुषाका ३७, मोरङका २८, बाँकेका २१, सप्तरी र कपिलवस्तुका १७र१७ जना, महोत्तरीका १५ र रुपन्देहीका १० जनामा संक्रमण पुष्टि भएको छ । डोटीका ८, चितवनका ७, सुनसरीका ६, सिराहा, झापा, सर्लाही, बारा, नवलपुर, दाङ र जुम्लाका ४र४ जना, नुवाकोट र डडेलधुराका ३र३ जना, ललिपुर, बर्दिया, सुर्खेत र कालीकोटका २र२ जना तथा रौतहट, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, पर्वत, पाल्पा, दैलेख र बैतडीका १र१ जनामा संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ७५ पुगेको छ ।
कास्कीमा एक पुरुषको मृत्यु भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका पोखरा–१९ का ६२ वर्षीय पुरुषको गएराति ११ː३५ मा मृत्यु भएको हो । १७ साउनमा अस्पताल भर्ना भएका उनी मधुमेहका विरामी थिए ।
यस्तै वीरगञ्जमा अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु भएकी महिलामा पनि संक्रमण पुष्टि भएको छ ।