स्पर्स लघुवित्तको नाफा २ करोड ८८ लाख, ८४ प्रतिशत बढ्यो |
काठमाडौं । गएको आर्थिक वर्षमा स्पर्स लघुवित्त वित्तीय संस्थाले ८४ प्रतिशत नाफा बढाएको छ ।
संस्थाले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गएको वर्ष २ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा यो नाफा १ करोड ३२ लाख रुपैयाँले बढी हो ।
संस्थाले खुद ब्याज आम्दानी ७ करोड ३७ लाख गरेको छ । यो पनि झन्डै दोब्बरले बढी हो । संस्थाले कूल ७१ करोड २० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।