एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको आईपीओमा पाँच गुणाभन्दा बढी आवेदन |
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड जारी गरेको आईपीओमा पाँच गुणा बढी आवेदन परेको छ । साउन १६ गतेदेखि खुलेको आईपीओका लागि बुधबारसम्म अन्तिम समय तोकिएको थियो ।
कम्पनीले एकसय अंकित ३१ लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । सेयर बिक्री प्रबन्धन सानिमा क्यापिटलका अनुसार बुधवार बेलुका पाँचबजेसम्म मागको तुलनामा पाँचगुणा बढी आवेदन परेको छ ।
कम्पनीले दिएको जानकारीअनुसार साउन २१ गतेसम्म ४ लाख २८ हजार १५३ आवेदकले १ करोड ६५ लाख ६७ हजार ६०० कित्ताका लागि आवेदन दिएका छन् ।