ई–स्पोर्ट्सलाई भाइबरको साथ, शुरु गर्याे ‘टिम स्वर्ग नामक फोर्टनाइट कम्युनिटी |
काठमाडौं । सहज सञ्चार आदान प्रदानका लागि विश्वको ठूला एपहरु मध्येको एक राकुटेन भाइबरले हालै मात्र विश्वव्यापी रुपमा परिचित ‘फोर्टनाइट’ नाम दिइएको एक ई–स्पोर्ट्स प्रतियोगिता नेपालमा संचालन गर्नका लागि सहयोग गरेको छ । यो प्रतियागिताको आयोजना ‘स्वर्ग‘ नामक एक स्वतन्त्र ई–स्पोर्ट्स संगठनको सहकार्यमा भएको थियो ।
नेपालमै पहिलो पटक आयोजना गरिएको यो फोर्टनाइट प्रतियोगिता यही २०७७ साल साउन ९ गते सम्पन्न भएको थियो । यस प्रतियोगिताले नेपालका ई–खेलाडीहरुलाई फोर्टनाइट खेलमा पहिलोपटक व्यावसायिक सहभागीताको अवसर दिलाएको थियो । भाइबरले प्रतियोगिताको लागि आफ्नो प्लेटफर्ममा बनाएको फोर्टनाइट कम्युनिटी ‘टिम स्वर्ग’ले भाइबरको अनलाइन् कम्युनिटीमा मानिसहरुको सशक्तिकरणलाई बढावा दिने प्रतिबद्धताको प्रतिनिधित्व पनि गर्छ ।
प्रतियोगिताको प्रसारण ६००० भन्दा बढी खेलाडीहरुको सहभागीता रहेको फोर्टनाइट नेपालका विभिन्न स्ट्रिमरहरुद्वारा गरिएको थियोे । प्रतियोगिताको विजयी टिम ‘जीबी’ रह्यो जसमा थिए यातो, क्नास सान्तोस र एसटिफोरइन्क्स । यो टिमले कूल ५७ अंक स्कोर गरी पुरस्कार वापत् १०,००० रुपैयाँ नगद प्राप्त गरेका थिए ।