एशियन लाइफको निमित्त सीईओमा श्रेष्ठ |

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा होमबहादुर श्रेष्ठ नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले मंगलबार इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई सो पदमा नियुक्त गरेको हो ।
श्रेष्ठले हिजोदेखि आफ्नो जिम्मेवारी सम्हालेका छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को चैत २० गते दुई कार्यकाल पुरा भएकोले अर्को व्यवस्था नभएसम्मको लागि नायव प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेको हो ।