नबिल बैंकको डिजिएममा मनोज ज्ञवाली नियुक्त |

काठमाडौं । नबिल बैंकको नायव महाप्रबन्धक (डिजिएम) पदमा मनोज ज्ञवाली नियुक्त भएका छन् । ज्ञवालीले सीएफओको कार्यभार सम्हाल्ने गरी नबिल बैंकको डिजिएममा नियुक्त भएका हुन् ।
नवनियुक्त डिजिएम ज्ञवालीले बुधबार बाटै पदभार सम्हालेको बैंक स्रोतले जानकारी दिएको छ । बैंकिङ क्षेत्रमा लामो अनुभव रहेको बैंकर ज्ञवाली यस अघि ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका थिए । उनले ज्योतिबाट बैशाख १५ गतेदेखि लागू हुनेगरी राजिनामा दिएका थिए ।
दी इन्स्टिच्यूट अफ चार्टस एकाउण्टेन्ट अफ इण्डिया (आईसीएआई) बाट सीए उत्तिर्ण गरेका ज्ञवालीले यस अघि ग्लोबल आईएमई बैंैकमा पनि सीएफओको भुमिका रहेर काम गरिसकेका छन् ।