यस्तो छ एसएमएल इसुजुको विशेष बचत प्याकेज |
काठमाडौं । लक्ष्मी कमर्सियल भेहिकलको एसएमएल इसुजुले एक नयाँ विशेष बचत प्याकेजको सुरु गरेको छ । यस प्याकेज मार्फत ग्राहकहरुले आम्दानी गर्नु अगाडि नै बचत गर्ने मौका पाउने कम्पनीले बताएको छ ।
उक्त प्याकेज अन्तर्गत ग्राहकहरुले कमर्सियल भेहिकलको खरिद गर्दा पहिलो ६ महिना गाडी कर्जाको मासिक ब्याज सहितको किस्तामा सय प्रतिशत छुट पाउनेछन्। छुट प्याकेज आबद्ध बैंक मार्फत फाइनान्स गरिएका मोडेलहरुमा मात्र लागु कम्पनीकाे भनाइ छ ।
याे प्याकेज मार्फत ग्राहकहरुले आफूले खरिद गरेको कमर्सियल भेहिकलबाट हुने आम्दानी अघि नै बचत गर्न सक्नेछन् । यससँगै ग्राहकहरुले नि:शुल्क १ वर्षको विमा, नि:शुल्क १ वर्षको सडक कर , सरल फाइनान्स, स्पट एक्सचेन्ज र ३ वर्षको वारेन्टी पाउनेछन् ।
एसएमएल इसुजी आफ्नो ग्राहकहरुलाई १०० प्रतिशत सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ । लक्ष्मी कमर्सियल भेहिकल प्रा.लि.ले विभिन्न प्रकारको स्कुल बसहरु, व्यापारिक/निजी बसहरु, ट्रक र टिप्परहरु नेपालको सडकको लागि उपयुक्त र स्वीकार्य हुने मोडलहरु नेपाली बजारमा भित्राइसकेको छ ।