कुवेत प्रवेशमा नेपाली लाई रोक |

काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै कुवेत सरकारले नेपाली नागरिकको प्रवेशमा रोक लगाएको छ ।
कुवेतले नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिफिन्सबाट आउने मानिसहरूलाई प्रवेशमा रोक लगाएको हो ।
कुवेतले अगस्ट १ बाट अन्तराष्ट्रिय हवाइसेवा खोल्ने निर्णय गरेसँगै यी मुलुकबाट त्यहाँ आउने नागरिकको प्रवेशमा रोक लगाउने निर्णय हो ।
कुवेतले कोरोना महामारी सुरू भएपछि अन्तराष्ट्रिय हवाईसेवा बन्द गरेको थियो । कुवेत नेपालीहरूको प्रमुख रोजगारीको गन्तव्य हो ।