सारथीले पनि मोटरसाइकल सेवा सुरु गर्ने |
काठमाडौं । नेपाल सरकारले तोकेकै मूल्यमा ट्याक्सी सेवा दिएर नाम कमाएको सारथी क्याबले राइड सेयर सुरु गर्ने भएको छ ।
समय प्रतिकुल रहे २ महिनाभित्रै राइड सेयर सुरु गर्ने गरी तयारी रहेको सारथीका संस्थापक प्रकाश न्यौपानेले जानकारी दिए ।
‘कोरोनाको कारणले हामी पर्ख र हेरको अवस्थामा छौं । अहिले राइडर दर्ता गरिरहेका छौं । कोरोनाको समस्या सुल्झेपछि सकेसम्म छिट्टै साइड सुरु गर्छौ,’ न्यौपानेले भने ।
राइड सेयर उपत्यकामा मात्रै नभई देशका अन्य सहरमा पनि गर्ने सोच भएको उनले जानकारी दिए ।
‘पहिले त हामी उपत्यकाबाटै सुरु गर्छौ । पछि प्रदेशको कानुन कस्तो आउँछ त्यहीअनुसार अरु प्रदेशमा पनि जान्छौं,’ उनले भने ।
सारथीको मोटरसाइकल सेवा बापतको शुल्क अरुको भन्दा कम हुने उनको दावी छ ।
हाल राजधानीमा टुटल, पठाओ लगायतका राइड सेयर चर्चित छन् ।