नेप्सेमा अजोड इन्स्योरेन्सको सेयर सूचीकृत |
काठमाडौं । सोमबार नेपाल स्टक एक्स्चेन्जमा अजोड इन्स्योरेन्सको सेयर सूचीकृत भएको छ ।
अजोड इन्स्योरेन्स र नेपाल स्टक एक्सचेन्ज लिमिटेड बीच १ करोड कित्ता शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।
कम्पनीले सर्वसाधारण समक्ष एनआईबिएल एस क्यापिटल लिमिटेड (निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत ३० लाख कित्ता साधारण शेयर खुल्ला बिक्री आव्हान गरेको थियो ।
यसरी सर्वसाधारणमा बितरण गरिएको ३० लाख कित्ता तथा कम्पनीका संस्थापकहरुमा भएको ७० लाख कित्ता शेयर समेत गरि जम्मा १ करोड कित्ता शेयर वितरण भई यस स्टक एक्सचेन्जमा सूचीकरण भएको छ ।
शेयर सूचीकरण सम्झौता पत्रमा यस स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले र कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरे ।
सो अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र मुख्य प्रवन्धक÷कम्पनी सचिव बैद्यनाथ प्रसाद उपाध्याय समेतको सहभागिता थियो ।