क्रिएशन र कोका—कोलाद्वारा ३२०० भन्दा बढि सफाईकर्मीहरुलाई सहयोग गर्ने प्रतिबद्धता पूरा |
काठमाडौं । क्रिएशन र कोका—कोला नेपालले सफाईकर्मीहरुका लागि राहत प्रदान गर्ने प्रयास सफलतापूर्वक सम्पन्न गरेको छ जसअन्तर्गत देशभरका ३२१२ सफाईकर्मीलाई सुरक्षा सामग्री, राशन प्याकेज प्रदान गर्दैक सुरक्षा जागरुकता कार्यक्रम संचालन गरेको छ । कोभिड—१९ महामारीमा अग्रपतिंमा खटिएका सफाईकर्मीहरुलाई सुरक्षा र जीविकोपार्जन सुनिश्चित गर्न प्रतिकृयाको रुपमा क्रिएशन र कोका—कोला नेपालको संयुक्त पहलमा सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट जेठ २ गतेबाट शुरु गरिएको हो ।
यसअन्तर्गत अन्तिम चरणको वितरण कार्यक्रम सिराहमा सम्पन्न भएका छ जहाँ ३७० सफाईकर्मीलाई गुणस्तरीय राशनको ३०० प्याकेज, औषधी, जागरुकता सामग्री र ग्लभ्स,बुट, पीपीई लगायत सुरक्षा सामग्रीहरु वितरण गरिएको थियो । राहत वितरणका साथै चिकित्सा परामर्श र सामान्य स्वच्छता जागरुकता समेत प्रदान गरिएको थियो । उक्त कार्यक्रम सो क्षेत्रका स्थानीय सरकारी अधिकारीहरुको उपस्थीतिमा आयोजना गरिएको थियो ।
यसबाहेक, टोलीले भक्तपुर अस्पतालको आइशोलेशन वार्डमा कार्यरत सफाईकर्मीका लागि अस्पताल जागरुकता सत्र आयोजना गरेको छ । उक्त जागरुकता सत्र टोलीका चिकित्सा अधिकारी डा.निमेश खनालको नेतृत्वमा ३० भन्दा सफाईकर्मीहरुलाई प्रदान गरिएको थियो ।
सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट गत हप्ता सम्पन्न भएको हो जसअन्तर्गत सफलतापूर्वक ६४ वटा राहत वितरण कार्यक्रम आयोजना गरिएको छ भने ३२१२ जना सफाईकर्मीहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । यस अवधिमा, हरेक परिवारका ५ जना सदस्यलाई १ महिना सम्मका लागि पुग्ने राशन वितरण गरिएको थियो जहाँ १६००० भन्दा बढि लाभान्वित भएका छन् । यसका साथै ७७० सुरक्षा सामग्री वितरण गर्नुका साथ जागरुकता कार्यक्रम र चिकित्सा परामर्श प्रदान गरिएको थियो । यस परियोजनाको लक्ष्य कोभिड—१९ महामारी विरुद्ध लड्ने र नेपालभरका ३२०० सफाईकर्मीलाई सकारात्मक लाभ प्रदान गर्ने रहेको थियो । यस परियोजना अन्तर्गत काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, पर्सा, सप्तरी र सिराह जिल्लामा वितरण कार्यक्रम सम्पन्न भइसकेको छ । उक्त टोली हाल अनुगमन र परियोजना कार्यान्वयनको प्रभावहरु र यस परियोजनाबाट कत्ति लाभार्थीहरु लाभान्वित भए भन्ने बुझ्न लागी परेको छ ।
यस जारी परियोजनाका बारेमा क्रिएशनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्रले भने, “कोभिड—१९ को प्रतिकृयाका रुपमा शुरु गरिएको सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट महामारीको समयमा सफाईकर्मीहरुको योगदानलाई कदर र सम्मान गर्न महत्वपूर्ण पहल थियो । यद्यपी हाम्रो तत्काल राहत वितरण कार्यक्रम सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्टमार्फत सम्पन्न भएपनि उनीहरुको सुरक्षा र भलाईका लागि हाम्रो प्रयास जारी रहनेछ । हाम्रो सफाईकर्मीहरुलाई सहयोग गर्न यस परियोजनामा सलंग्न सबै सरोकारवालाहरुपति हामी आभारी छौं । हामी एकसाथ मिलेर भविष्यमा सफाईकर्मीहरुको जीवन सहज बनाउन र उनीहरुको हकको सम्मान र इज्जत सुनिश्चित गर्न सक्नेछौं ।”
कोका—कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, “क्रिएशनसंगको यो पहल कोका—कोला नेपालको कोभिड विरुद्ध लड्न रु ८ करोड सहयोग गर्ने प्रतिबद्धताको एक हिस्सा हो । हामी खुशी छौं कि हामीले ३२०० सफाईकर्मीमाँझ पुग्ने प्रतिबद्धता पूरा गरेका छौं र हामी आशा गर्दछौं कि हाम्रो राहत प्रयासले यस कठिन समयमा उनीहरुलाई सहयोग गरेको छ । उनीहरुले हाम्रो र वातावरणको सेवाका लागि गरेका सम्पूर्ण कामप्रति हामी आभारी छौं ।”