नेपाल लाइफका कार्यवाहक सिईओमा सन्तोष प्रसाई |

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा साउन १ गतेबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष प्रसाईलाई दिइएको छ ।
प्रमुख कार्यकारी अधिकृत विवेक झाको कार्यकाल समाप्ती भएसँगै उप–प्रमुख कार्यकारी अधिकृत प्रसाईले कार्यवाहक सिइओको जिम्मेवारी पाएका हुन । असार ३१ गते बसेको संचालक समितिको बैठकले उहाँलाई कार्यवाहक सिइओको जिम्मेवारी दिएको हो ।
प्रसाई विगत ३ वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध छन् । यसअघि उनले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा सात वर्षको लामो अनुभव सम्हालेका थिए ।