नेपाल इन्भेष्टमेन्ट बैंकको सीइओमा फेरि ज्योति पाण्डे नियुक्त |

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा ज्योति प्रकाश पाण्डेले नै निरन्तरता पाउने भएका छन् । बैंक सञ्चालक समितिले साउन १ गतेबाट लागू हुने गरी पुनः ४ वर्षका लागि पाण्डेलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।
उनको यसअघिको कार्यकाल पनि सोही मितिदेखि नै सकिंदैछ । त्यसपछि फेरि १ कार्यकालका लागि निरन्तरता दिइएको बैंकको भनाई छ ।