सगरमाथा इन्स्योरेन्सको सीईओमा चंकी क्षेत्री पुनː नियुक्त |

काठमाडौं । सगरमाथा इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चंकी क्षेत्री पुनःनियुक्त भएका छन् । क्षेत्रीलाई कम्पनीको असार २५ गते बसेको संचालक समितिको बैठकले पुन सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
क्षेत्रको कार्यकाल असार १८ गते समाप्त भएपछि पुनː अर्को कार्यकालको लागि नियुक्त भएका हुन् । जेठ २२ गते बसेको सञ्चालक समितिको बैंठकले उनलाई पुनː सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो ।
बीमा समितिले उनलाई सीइओ नियुक्त गर्न असार १७ मा स्वीकृति दिएपछि फेरी असार २५ गते सञ्चालक समितिको बैठक बसेर निर्णय गरेको हो ।
कम्पनीले उनलाई असार १८ गतेबाट लागू हुने गरी थप ४ वर्षको लागि प्रमुख कार्यकारी पदमा पुनː नियुक्त गरेको हो ।