८२ जना कोरोना संक्रमित थपिए, उपत्यकामा ६ जना, १ सय ४७ निको |
काठमाडौं । आइतबार थप ८२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा देशभर ८२ जनामा कोरोना संक्रमण देखिएको हो ।
यीसहित हालसम्म कुल संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ । यीमध्ये काठमाडौं जिल्लामा ५ जना थपिएको उनले जानकारी दिए ।
त्यस्तै विगत २४ घण्टामा कोरोनाबाट १ सय ४७ निको भएका छन् । यीसहित हालसम्म निको हुनेको संख्या ८ हजार ५ सय ८९ पुगेको छ ।
हालसम्म मृतक ३८ जनामा कोरोना पुष्टि भएको छ । विगत २४ घण्टामा ३ हजार ९ सय १६ जनाको पिसिआर परीक्षण भएको छ ।
विश्वमा हालसम्म १ करोड २८ लाख बढी संक्रमित भएका छन् । ५ लाख ६८ हजार बढीको निधन भएको छ ।