एनआइसी एशिया लघुवित्तको कारोबार भोली बिहीबारबाट खुल्ने, यस्तो छ ओपनिङ्ग रेञ्ज |

काठमाडौं । एनआइसी एशिया लघुवित्तले बिक्री गरेको समेत गरी १४ करोड ८० लाख कित्ता शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । शेयर सुचीकरणसँगै बिहीबारबाट लघुवित्तको नेपाल स्टक एक्चेञ्जमा कारोबार खुल्ने भएको छ ।
लघुवित्तले असार १० गतेदेखि सर्वसाधारणमा ४६ लाख कित्ता शेयर बिक्री गरेको थियो । शेयर बिक्री गरेको दुइ साता पछि लघुवित्तको शेयर सूचीकृत भएको हो ।
नेप्सेले लघुवित्तको शेयर कारोबारको लागि एनआईसीबिएसएल कारोबार संकेत प्रदान गरेको छ भने पहिलो कारोबारको लागि ११०.४३ रुपैयाँदेखि ३३१.२९ रुपैयाँको कारोबार रेञ्ज प्रदान गरेको छ । यही रेञ्जमा आधारित रहेर बिहीबार कम्पनीको शेयर कारोबार खुल्नेछ ।