एनआईसी एशिया लघुवित्तको आइपीओ शनिबार नै बाँडफाँड हुने, कतिजनाले पाउलान् २० कित्ता ? |

काठमाडौ। एनआईसी एशिया लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको आइपीओ असार २० गते शनिबार नै बाँडफाँड हुने भएको छ । लघुवित्तको आईपिओ विहान साढे ९ बजे बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँड हुने भएको हो ।
अर्को साता दुई कम्पनीको आईपिओ निष्कासनको क्रममा रहेकाले शनिबार नै आईपिओ बाँडफाँड गर्न लागिएको सानिमा क्यापिटलले जनाएको छ । यस अघि आइतबार बाँडफाँड गर्ने कार्यक्रम तय भएको थियो ।
लघुवित्तले असार १० गतेदेखि १४ गतेसम्म ४४ लाख ४३ हजार २०० कित्ता शेयर बिक्री गरेको थियो।
पछिल्लो तथ्याँक अनुसार लघुवित्तको आइपीओमा आवेदन गर्ने सबैजना आवेदकले न्युनतम १० कित्ता शेयर पाउने निश्चित छ भने बाँकी भाग्यमानी ४६ हजार ५७९ लगानीकर्ताले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाउनेछन् ।
लघुवित्तले निष्काशन गरेको आइपीओमा ४ लाख १४ हजार १८० लगानीकर्ताबाट २ अर्ब ३० करोड ६५ लाख ३९ हजार रुपैयाँ बराबरको २ करोड ३० लाख ६५ हजार ३९० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो। जसमध्ये ३ लाख ९७ हजार ७४१ वटा योग्य आवेदन परेको सानिमा क्यापिटलले जनाएको छ ।