पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो |

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। भारतबाट आउने मूल्यसूची बढेर आएकाले सोअनुसार समायोजन गरिएको निगमले जनाएको छ ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढेको छ । त्यस्तै मट्टितेल र डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको छ ।
बढेको मूल्य आज राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।
काठमाडौंमा अब पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ पर्नेछ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ कायम भएको छ ।
खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।