साधना लघुवित्तको आईपीओ आउदै, असार २१ गतेदेखि बिक्री खुल्ला हुने |
काठमाडौं । साधना लघुवित्तले असार २१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । लघुवित्तले प्रति कित्ता एक सय रुपैयाँका दरले ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।
निष्काशन गरिने कुल शेयरमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ । बाँकी ६ लाख ६१ हजार ५२० कित्ता शेयर सर्वसाधारणहरुको लागि जारी गर्ने भएको हो ।
लघुवित्तको उक्त आईपीओमा छिटोमा असार २४ गतेसम्म आवेदन दिन सकिने छ भने सो अवधि भित्रमा सबै शेयर बिक्री नभएको खण्डका ढिलोमा साउन ४ गतेसम्म आवेदन गर्न सकिने व्यवस्था गरेको छ ।
लघुवित्तको आईपीओमा न्यूूनतम १० कित्तादेखि एक हजार कित्तासम्म आवेदन दिन सकिनेछ । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्रीको जिम्मेवारी ग्लोबल आईएमई क्यापिटलले लिएको छ ।
लघुवित्तको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ भने मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ । लघुवित्तको यस आइपीओलाई केयर रेटिङ नेपालले औषतभन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ ।