हुण्डाईको प्याकेजः अटो लोनमा पहिलो वर्ष ५० प्रतिशत हुण्डाईको साथ, सँगै नगद छुट अनि इन्स्योरेन्स पनि |
काठमाडौं । नेपालको लागि हुण्डाई मोटर्सको एकमात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल (लक्ष्मी हुण्डाई)ले एक विशेष प्याकेज ल्याएको छ ।
लक्ष्मी हुण्डाईले हाल कोविड(१९ को बदलिँदो परिस्थितीलाई सहज बनाउन र आफ्ना ग्राहकहरुको यात्रामा निरन्तर साथ दिनको लागि सानो प्रयास स्वरुप एक विशेष प्याकेज ल्याएको हो । जसअन्तर्गत ग्राहकहरुले विभिन्न किसिमका छुुट र अन्य फाइदाहरु प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरुका लागि यस विशेष प्याकेजअन्तर्गत हुण्डाई गाडीको खरिद गर्दा पहिलो वर्षको मासिक बैंक किस्तामा लक्ष्मी हुण्डाईले ५०प्रतिशतको साथ दिनेछ । यसका साथै ग्राहकहरुले आकर्षक नगद छुट, एक वर्षको निस्शुल्क विमा, निस्शुल्क सडक कर (आ.व.७७र७८) का साथै स्पट एक्स्चेञ्ज र सरल फाइनान्सको पनि फाईदा लिन सक्नेछन् ।
यस परिस्थितीमा कोरोनाभाइरसविरुद्ध तत्पर रही लडीरहेका स्वास्थ्यकर्मीहरुका लागि पनि लक्ष्मी हुण्डाईले विशेष प्याकेज उपलब्ध गराएको छ । यससँगै चार वर्षको निस्शुल्क सर्भिस र तीनवर्षको वारेन्टी पनि उपलब्ध रहेको छ ।
लक्ष्मी हुण्डाईले आफ्नो ग्राहकहरुको मनोबल बढाउनुको साथै, आफ्नो कम्पनीको ‘मानवताको प्रगति’को प्रतिज्ञा तर्फ दृढ प्रतिबद्धता देखाएको छ । कम्पनी उत्कृष्ट सेवा र अनुभव प्रदान गर्नका लागि सँधै प्रतिबद्ध रहेको जनाएको छ ।