सेञ्चुरी बैंकले शेयरधनीलाई राहतस्वरुप ३ प्रतिशत अन्तरिम लाभांश बाँड्ने |
काठमाडौं । सेञ्चुरी बैंकले शेयरधनीहरुलाई ३ प्रतिशत अन्तरिम लाभांश वितरण गर्ने भएको छ । कोरोना भाइरस कारण लकडाउन भएपश्चात गत आथिक वर्षको साधारण सभा स्थगित भएपछि बैंकले शेयरधनीलाई राहतस्वरुप नगद लाभांश वितरण गर्न लागेको हो ।
बैंकले चुक्ता पूँजीको ३ प्रतिशत अर्थात २५ करोड २४ लाख रुपैयाँबाट कर कट्टी गरी बाँकी रहने २३ करोड ९८ लाख रुपैयाँ लाभांश वितरण गर्नेछ । उक्त लाभांश फागुन ३० गतेसम्म कायम रहेका शेयरधनीले मात्र पाउनेछन् ।
शेयरधनीहरुलाई केहि राहत पुगोस भन्ने उद्देश्यले उक्त लाभांश वितरण गर्न लागिएको बैंकले जनाएको छ । बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई २ प्रतिशत बोनस र ४.७५ प्रतिशत नगद गरि कूल ६.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।
अब २ बोनस शेयर र बाँकी १.७५ प्रतिशत नगद लाभांश भने साधारण सभाबाट अनुमोदन भएपश्चात मात्र वितरण गरिने बैंकले जनाएको छ ।