कोरोना भाइरसको दोस्रो लहर आउने आसंकामा विश्व शेयर बजारमा भारी गिरावट |
काठमाडौं । कोरोनाको भाइरसको दोस्रो लहर फैलिने र त्यसले थप ठूलो आर्थिक नोक्सानी हुने डरले विश्व शेयर बजारमा भारी गिरावट आएको छ ।
अमेरिकी फेडरल रिजर्भले अमेरिकी अर्थव्यवस्थामा सुधार आउन अधिक लामो समय लाग्ने चेतावनी दिएपछि शेयर बजारमा ठूलो गिरावट आएको हो ।
यससँगै अमेरिकाका तीन मुख्य सूचकले साताको सबैभन्दा खराब दिनको सामना गर्न पुगे । डाउ जोन्स इण्डस्ट्रियलमा करिब ७ प्रतिशतको गिरावट देखियो ।
शुक्रबार एशियाको शेयर बजारमा पनि भारी गिरावट आएको छ । यसदिन जापान, चीन र हङकङका शेयर सूचकहरुमा गिरावट आएको छ ।
विश्वव्यापी रुपमा कच्चा तेलको मूल्यमा प्रभाव परेसँगै उर्जा र पर्यटनको शेयरमा उच्च गिरावट देखिएको छ ।
सुरुवातमा यूरोपेली शेयर बजारमा पनि गिरावट देखिएको थियो ।