दुई पाँग्रे सवारी साधनमा जोर विजोर प्रणाली लागू नहुने |
काठमाडौं । दुई पाँग्रे सवारी साधनमा जोर विजोर प्रणाली लागू नहुने भएको छ । नेपाल प्रहरीले दुई पाँग्रे सवारी साधनमा जोर विजोर प्रणाली लागू नहुने जनाएको हो ।
सरकारले लकडाउन सहज पर्ने निर्णय गरेसंगै सर्वसाधनमा दुविधा पैदा भएको बेला नेपाल प्रहरीका प्रवक्ता निरज बहादुर शाहीले दुई पाँग्रे सवारी साधनमा जोर विजोर प्रणाली लागू नहुने बताएका हुन् ।
बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले निजी सवारी साधनहरु सञ्चालन गर्ने दिने निर्णय गरेका थिए । सरकारले साइकल र मोटरसाइकलमा एक जना चालक मात्र रहने गरी चलाउन दिने निर्णय गरेको थियो ।
अन्य निजी सवारी साधनमा भने चालक सहित तीन जनासम्म सवार हुने गरी जोर बिजोरका आधारमा सञ्चालन गर्ने दिने निर्णय गरेको थियो ।