सुर्खेतमा कोरोना संक्रमणबाट २० वर्षीय युवकको मृत्यु |
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप एकको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
बिहीबार बिहान २ː१५ मा सुर्खेतको पखंपुरी नगरपालिका–९ विद्यापुरस्थित जनता माध्यामिक विद्यालयको क्वारेन्टिनमा रहेका २० वर्षीय युवकको मृत्यु भएको थियो ।
उनको मृत्युपश्चात स्वाब संकलन गरी प्रदेश अस्पताल, सुर्खेतरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला पठाइएको र आज मृतक कोरोना संक्रमण भएको पुष्टि भएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सुर्खेतका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले बताएका छन् ।
बुधबार पखपुरी नगरपालिका–१ हाँसेगाउँ निवासी उक्त युवकलाई आरडिटी रिपोर्ट नेगेटिभ आएको र कोभिड–१९ सम्बन्धित लक्षणहरु नभएकाले होम क्वारेन्टिनमा पठाइएको थियो ।
योसँगै कर्णालीमा मात्रै कोरोनाबाट मृत्यू हुनेको संख्या दुई पुगेको छ । यसअघि दैलेखमा क्वारेन्टाइनमै मृत्यु भएका युवकमा पनि कोरोना पुष्टि भएको थियो ।