ट्रम्पले गल्फ खेल्दा त्यसको बिवाद संसारभर चर्कियो |

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले महामारीका बेला गल्फ खेलेको भन्दै विवाद सुरु भएको छ । उनी पछिल्लो ७५ दिनमा पहिलो पटक आफ्नो नीजि गल्फ कोर्समा खेल्न गएका थिए ।
शनिबार बिहानै वासिङ्टन डिसीमा पत्रकारले राष्ट्रपति ट्रम्पलाई सेतो पोलो सर्ट र सेतो बेसबल क्यापसहितको गल्फ पहिरनमा देखेका थिए । ह्वाइट हाउस छोड्नुअघि उनी कता जान लागेको केही खुलासा गरिएको थिएन । राष्ट्रपतिसँगै भएका सिक्रेट सर्भिस एजेन्टले मास्क लगाइरहेको देखिएका थिए भने ट्रम्पले भने आफ्नो अनुहार ढाकेका थिएनन् ।
पछि उनलाई भर्जि्नियास्थित स्टेरलिङमा आफ्नो नीजि गोल्फ क्लबमा खेलिरहेको देखियो । तत्पश्चात् विवाद निम्तिएको हो । सन् २०१६ मा आफ्नो चुनावी अभियानमा ट्रम्पले आफ्ना समर्थकलाई भनेका थिए, ‘म तपाईँहरुका लागि काम गर्नेछु । मसँग गल्फ खेल्नका लागि समय हुनेछैन ।’
यद्यपि, राष्ट्रपतिको रुपमा चयन भएपछि ट्रम्पले दुई सय बढी पटक गल्फ खेलिसकेका छन् । पछिल्लो पटक उनले मार्च महिनामा गल्फ खेलेका थिए । मार्च महिना देखि नै अमेरिकामा कोरोनाभाइरसले ताण्डव मच्चाउन सुरु गरेको हो ।
जब बराक ओबामा राष्ट्रपति थिए तब ओबामाले गल्फ खेल्नमा आफ्नो अत्यधिक समय व्यतीत गरेको भन्दै ट्रम्पले आलोचना गरेका थिए ।
शनिबार जब उनी गल्फ खेल्नका लागि भर्जि्नियाको यात्रामा निस्किए, उनले सन् २०१४ मा गरेको ट्वीट पुनː चर्चामा आयो ।