कोरोना जितेर नारायणी अस्पतालबाट ९ जना डिस्चार्ज |

काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका ७१ जना कोरोना संक्रमितमध्ये ९ जना शनिबार डिस्चार्ज भएका छन् ।
उनीहरुको पछिल्लो दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको डा. उदयनारायण सिंहले जानकारी दिए ।
डिस्चार्ज हुनेहरुमा पर्सा र रौतहटका ३र३ जना, बाराका २ जना र एक जना भारतीय नागरिक रहेका छन् ।
शनिबार ९ जना डिस्चार्ज भएसँगै नारायणी अस्पतालमा उपचाररत संक्रमितको संख्या ६२ रहेको छ । अन्य २५ जना संक्रमित भने गण्डक कोभिड अस्पतालमा उपचाररत छन् ।