निजगढ विमानस्थलको पहुँचमार्ग बनाउन ४२ सय रूख काटिने |

काठमाडौं । निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक पर्ने पहुँचमार्ग बनाउन चार हजार २ सय रूख काटिने भएको छ ।
निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि अन्तरनिकाय समन्वय, सहजीकरण एवं आइपरेका समस्या समाधान गर्न निरन्तर क्रियाशील रहने गरी गठित उच्चस्तरीय सहजीकरण समितिको बैठकले कटान–स्वीकृतीका लागि वन तथा वातावरण मन्त्रालयले यथाशीघ्र नेपाल सरकार (मन्त्रिपरिषद्) समक्ष प्रस्ताव पेश गर्ने निर्णय गरेको हो ।
बैठकले विमानस्थल निर्माण क्षेत्रको चार किल्ला वरिपरि सडक, पहुँच मार्ग निर्माण गर्न र सो क्षेत्रमा पर्ने वन क्षेत्रको रूख कटानी गर्न नेपाली सेना र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच भएको समझदारी पत्रको म्याद थप गर्ने निर्णय गरेको छ ।
विमानस्थल निर्माणको लागि लगानी बोर्डले निश्चित सयम सीमा तोकी जुरिच इन्टरनेशनलसँग सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलको प्रस्ताव माग गर्ने र सम्झौता प्रकृया पूरा गर्ने बैठकले निर्णय गरेको छ ।