अवस्थाहेरी लकडाउन खुकुलो बनाउन सरकारलाई चेम्बरको सुझाव |

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले जारी लकडाउनलाई खुकुलो बनाउन माग राखेको छ । चेम्बर प्रतिनिधिले मुख्य सचिव लोकदर्शन रेग्मीलाई भेटी उक्त माग राखेको हो । चेम्बरले कोरोना भाइरसबाट नेपालको अर्थतन्त्रको बिभिन्न क्षेत्रमा परेको प्रभाववारे अर्थ, मौद्रिक तथा बित्त, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, उर्जा, पर्यटन, स्वास्थ्य क्षेत्रलाई पुनरुत्थानगर्न तयार गरेको समष्टीगत सुझाव मुख्यसचिव रेग्मीलाई हस्तान्तरण गरेको छ ।
साथै अबका दिनमा आर्थिक क्षेत्रलाई चलायमान बनाउन लकडाउनको मोडालिटी समेत परिवर्तन गर्न माग राखेको छ । असर कमभएको ठाउँमा खुकुलो बनाई आर्थिक क्षेत्र चलयमान बनाउनु पर्ने चेम्बरको माग छ ।
हाल अहिले काठमाडौंमा भएको मान्छेलाई बाहिर जान नदिने र बाहिरको मान्छेलाई पनि काठमाडौं आउन दिन नहुने भन्दै क्षेत्र निर्धारण गरेर उद्योग व्यवसाय संचालन गर्नुपर्ने चेम्बरको माग छ । चेम्बरसँगको भेटमा मुख्य सचिव रेग्मीले अब आउँने बजेटमा र अन्य राहतका कार्यक्रममा चेम्बरको मागलाई सम्बोधन गरिने बताए ।
साथै भारतको लकडाउनको स्थिती र नेपालको अवस्था हेरी लकडाउनलाई खुकुलो पारिने रेग्मीले बताए । उक्त भेटमा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्षहरु कमलेश अग्रवालल र नरेश श्रेष्ठको उपस्थिती रहेको थियो ।