शेयर बजार पनि बैशाख २५ गतेसम्म बन्द गर्ने निर्णय |
काठमाडौं । सरकारले लकडाउनको अवधि बबढाएसँगै शेयर बजार पनि आगामी बैशाख २५ गतेसम्म बन्द हुने भएको छ ।
सरकारले लकडाउनको अवधि बढाएसँगै शेयर बजार पनि बन्द गर्ने निर्णय भएको नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले बताए ।
देश लकडाउनमा गएसँगै शेयर बजार समेत गत एक महिनादेखि बन्द रहेको छ । यसअघि बैशाख १५ गतेसम्म बन्द गर्ने भनिएको शेयर बजार सरकारले लकडाउनको अवधि थपेसंगै नेप्सेले पनि उक्त लकडाउन अवधिभर शेयर बजार बन्द गर्ने जनाएको छ ।