फेसबुकसँगको सम्झौता गरे पछि ज्याक मालाई पछि पार्दै मुकेश अम्बानी बने एशियाको सबैभन्दा धनी व्यक्ति |
भारतीय विजनेश म्यान मुकेश अम्बानी फेरि पनि एशियाको सबैभन्दा धनी व्यक्ति बनेका छन् । अम्बानीको कम्पनी रिलायन्स जियो र मार्क जुकरवर्गको कम्पनी फेसबुक बीच लगानीको सहमति भएसँगै अम्बानी एशियाका सबैभन्दा धनी व्यक्ति बनेका हुन् ।
योसँगै उनले यसअघि एशियाको सबैभन्दा धनी व्यक्तिको उपाधि पाएका चिनीयाँ कम्पनी अलीबाबाका संस्थापक ज्याक मा लाई पछि पारिदिएका छन् ।
फेसबुकले अम्बानीको कम्पनीमा लगानी गर्ने सम्झौता गरेसँगै अम्बानीको सम्पत्ति ४ अर्ब डलरले बढेर ४९ अर्ब डलर पुगेको छ ।
योसँगै ज्याक मा को तुलनामा अम्बानीको सम्पत्ति ३ अर्ब डलर धेरै भएको छ ।
फेसबुकले अम्बानीको जियोमा ५ अर्ब ७० लाख डलर लगानी गर्नेछ । उक्त लगानीपछि फेसबुकको रिलायन्स जियोमा ९.९९ प्रतिशतको हिस्सेदारी हुनेछ । योसँगै रिलायन्स जियोमा फेसबुक सबैभन्दा ठूलो शेयरहोल्डर बन्नेछ ।