४८ जनालाई कोरोनाभाइरसको पुष्टि, भोजपुरमा थपिए एक कोरोना संक्रमित |

काठमाडौं । भोजपुरका एक २६ वर्षीय युवकमा कोरोनाभाइरस पोजेटिभ देखिएको छ । धरानको विपी कोइराला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोनाभाइरस पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
भोजपुरका यी युवकसहित तीन जना संक्रमित थपिएका छन् । अहिलेसम्मको अद्यावधिक विवरण अनुसार ४८ जनालाई कोरोनाभाइरसको पुष्टि भएको छ ।
जसमध्ये १० जना निको भएर घर फर्किएका छन् भने ३८ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचारका क्रममा छन् ।