आइएमई लाइफ इन्स्योरेन्सद्वारा कोरोना रोकथामका लागि ७ लाख ५० हजार सहयोग |

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कंम्पनी लिमिटेडले नेपाल सरकारको ‘कोरोना रोकथाम तथा नियन्त्रण कोष’मा सात लाख ५० हजार सहयोग गरेको छ ।
बिश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण नेपालमा पनि उत्तिकै असर गरेको र यस संकटको घडीमा एउटा सानो सहयोगले पनि कोरोना भाइरस बिरुद्ध रोकथाम, तथा नियन्त्रणको साथै उपचारका लागि केही थप सहयोग हुने आशा कंम्पनीले गरेको छ ।
यस सहयोगका साथै यस कंम्पनीको क्षेत्रिय तथा शाखा कार्यालयमार्फत नेपालभरको बिभिन्न अस्पतालहरुमा चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई ब्यक्तिगत सुरक्षाका लागि सुरक्षा सामग्री पी.पी.ई.लगायतका सामानहरु समेत हस्तान्तरण गरेकोे कंम्पनीले जनाएको छ ।