बहराइनमा थप २७ नेपालीमा कोरोना संक्रमण |

काठमाडौं । बहराइनमा थप २७ नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ । यससँगै बहराइनमा कोरोना संक्रमितको संख्या ४९ पुुगेको छ ।
त्यहाँ रहेको नेपाली दूतावासले थप २७ जनामा संक्रमण देखिएको पुष्टि गरेको छ ।
बहराइनमा अहिलेसम्म ९९० जनामा संक्रमण देखिएको छ । उनीहरु मध्ये ७ जनाको मृत्यु छ । तीन जनाको अवस्था गम्भीर छ भने सात सय तीन जना निको भएका छन् ।