कोरोना कोषमा नागरिक उड्डयन प्राधिकरणको एक करोड सहयोग |

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम नियन्त्रक तथा उपचार कोषमा रु एक करोड सहयोग गरेको छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले आज कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई हस्तान्तरण गरेका हुन् ।
सिंहदरबारमा आज आयोजित एक कार्यक्रमबीच उक्त सहयोग रकमको चेक उपप्रधानमन्त्री पोखरेललाई हस्तान्तरण गरिएको महानिर्देशक पोखरेलले जानकारी दिए ।
प्राधिकरणले कोभिडको सङ्क्रमण नियन्त्रण तथा उपचारका लागि सरकारको अभियानलाई सहयोग पु-याउन संस्थागत रुपमा सहयोग गरिएको उल्लेख गरेको छ ।
प्राधिकरणले यसअघि कर्मचारीका तर्फबाट रु ५१ लाख सात हजार सहयोग गरेको पनि महानिर्देशक पोखरेलले बताए ।