संसारभर कोरोना भाइरस संक्रमित बीस लाख पुगे, निको भए झन्डै पाँच लाख | मृत्यू हुनेको संख्या १ लाख २६ हजार पुग्यो
संसारभर कोरोना भाइरस संक्रमितको संख्या २० लाख नजिक पुगेको छ । कोरोना भाइरसको पछिल्लो विश्व विवरण अनुसार संसारभर कुल संक्रमितको संख्या १९ लाख ९८ हजार १ सय ११ रहेको छ ।
यसैगरी संक्रमितमध्ये ४ लाख ७८ हजार ६ सय ५९ जना कोरोनाबाट निको भएका छन् । यस्तै मृतक संख्या १ लाख २६ हजार ६ सय ४ पुगेको छ ।
पछिल्लो विवरण अनुसार अमेरिका कोरोना भाइरसबाट सर्वा्धिक प्रभावित मुलुक हो । त्यहाँ हालसम्म ६ लाख १३ हजार ८ सय ८६ जनालाई संक्रमण भइसकेको छ भने २६ हजार ४७ जनाको मृत्यु भइसकेको छ ।
अमेरिकापछि सबैभन्दा धेरै संक्रमित भएका मुलुकमा क्रमशः स्पेन, इटाली, फ्रान्स, जर्मनी र बेलायतमा रहेका छन् ।
भाइरसको उद्गम देश चीनमा भने पछिल्लो समय महामारी नियन्त्रणतर्फ गइरहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ४६ नयाँ संक्रमित भेटिएका छन् ।
त्यहाँ हालसम्म ८२ हजार २ स ९५ जनामा संक्रमण भएको छ भने ३ हजार ३ सय ४२ जनाको मृत्यु भइसकेको छ ।
चीनले पछिल्लो समय आफ्नो मुलुकमा देखिएका कोरोना संक्रमित बाहिरबाट आएकाहरूमा धेरै देखिएको जनाएको छ ।
त्यसैले उसले आफ्ना अध्यागमन र विशेषगरी रुससँगको सीमा नाकामा विशेष कडाइ गर्दै आएको छ ।