कोरोनाबाट सुरक्षित रहनुहोस् भन्दै शाओमीको खुल्ला पत्र, खाद्यान्न र आवश्यक सामग्रीहरु वितरण |
काठमाडौं । शाओमी नेपालले कोराना भाइरस (कोभिड १९) विरुद्ध लड्न देशभर रहेका कोरोना पीडितहरुलाई लाखौं रुपैयाँ बराबरको खाद्यान्न वितरण गरेको छ ।
विश्वव्यवपी माहामारीको रुपमा संसारलाई दुःख दिइरहेको कोरोना भाइरसबाट नेपालमा दुःखि, असहाय, गरिबहरुलाई पर्न गएको पीडा र कोरोना रोगबाट बच्न बचाउन शाओमी नेपालले देशभर खाद्यान्न वितरण गरिरहेको छ ।
यस्तै शाओमी नेपालले कोरोनाबाट बच्न र बचाउन सबैलाई आग्रह गरेको छ । पत्रमार्फत शाओमी नेपालमा आवद्ध सबैलाई कोरोनाबाट पीडितहरुलाई सघाउन एकजुट हुनु पर्ने भन्दै खुल्ला पत्र लेखेको छ ।
यस्तो छ शाओमी नेपालको खुला पत्र
प्रिय मी फ्यानहरु
मलाई आशा छ कि सबैजना घर भित्र र सुरक्षित हुनुहुन्छ । यी असाधारण समयमा तपाईंहरुको भलाई सबैभन्दा महत्वपूर्ण कुरा हो । सेल्फआइसोलेसनमा बसेर लकडाउनलाई कर्मठतापूर्वक अवलोकन गर्न निकै जरुरी छ । यस परिक्षणको समयमा हामी सबै राष्ट्रको रक्षाका लागि एकजुट हुनु आवश्यक छ । यो विश्वव्यापी संकट हो र हामी सबै एकता र इमानदारीतापूर्वक यसबाट बाहिर निस्किन सक्छौं ।
नेपालमा शाओमीले देशभर दैनिक ज्याला मजदुर, अनाथ र वृद्धाश्रमलाई योगदान गर्ने प्रतिज्ञा सहित लाखौं बराबरका खाद्यान्न र आवश्यक सामग्रीहरु वितरण गरेका छौं ।
समस्याको समयमा एकता चम्किन्छ । हामी शाओमी परिवारका मी फ्यानहरु, पार्टनर र कर्मचारीहरुलाई आफुले गर्न सम्भव हरेक तरिकाले सहयोग गर्न अनुरोध गर्दछौं । हामीलाई सुरक्षित राख्ने नायकहरुलाई पनि आभार प्रकट गर्दछौं ।
दृढ रहनुहोस्, सुरक्षित रहनुहोस् र यो मुस्किल समयको सामना गर्न आफुले सक्ने सहयोग गर्नुहोस् । घरभित्र बस्नुहोस् , सुरक्षित रहनुहोस् ।
तपाईंहरुको
सौरभ कोठारी
शाओमी नेपाल