अब नेपाल लाइफको बिमा शुल्क कनेक्ट-आईपीएसमार्फत भुक्तानी गर्न सकिने |

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बिमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टमबाट भुक्तानी सुविधा दिँदै आएकोमा अब कनेक्ट आईपीएसमार्फत पनि अनलाईन भुक्तानी गर्न सकिने भएको छ ।
कनेक्ट आइपीएसमाआवद्ध कुनै पनि बैङ्कको खातामार्फत घरमै बसीबसी आफ्नो बिमा शुल्क भुक्तानी गर्न सकिने छ । कम्पनीको शाखा-उपशाखा कार्यालयमा गई आफ्नो प्रिमियम भुक्तानी गर्दै आएका सेवाग्राहीहरुले अब सहज र सरल तरिकाबाट कनेक्ट आईपीएसमार्फत अनलाईन भुक्तानी गर्न सक्नेछन् ।
जुनसुकै समयमा जहाँसुकैबाट अनलाईन भुक्तानी गर्न सकिने यो सेवाले बिमितहरुको समयको बचत हुने कम्पनीले जनाएको छ ।
नेपाल लाइफले आफ्ना सेवाग्राहीहरुलाई समय सापेक्ष प्रविधिमैत्री सेवा प्रवाह गर्दै आइरहेको छ । यसअघि नै नेपाल लाइफको प्रिमियम डिजिटलहरु इ-सेवा तथा प्रभु-पेबाट अनलाइन भुक्तानी भइरहेको छ ।
त्यस्तै, फोन-पेमार्फत आफ्नो बैङ्क खाता कनेक्ट गरी र नेपाल इन्भेष्टमेण्ट बैङ्कको इन्टरनेट बैङ्कमार्फत अनलाइन भुक्तानी भइरहेको समेत कम्पनीले जनाएको छ ।
नेपाल लाइफले अन्य डिजिटल पेमेन्ट सिस्टमबाट पनि बिमा शुल्क भुक्तानीको व्यवस्था गर्दै जाने विज्ञप्तिमा उल्लेख गरेको छ ।