नयाँ वर्ष मनाउन भाइबरको “न्यू बिगिनिङ्गस्” को साथ | अन–स्क्रिन एनिमेसन पनि थप
काठमाडौं । भाइबरले हरेकलाई परिवार, साथीभाइ र समुदायसँग सम्पर्कमा रहिरहने कार्यमा सहयोग पुर्याउन विभिन्न उपायहरु अबलमबन गर्दै आइरहेको छ । वर्तमान कोभिड–१९ ले फैलाएको सन्त्रासको अवस्थाबीच विविध विशेषताहरु उपलब्ध गराइसकेको भाइबरले देशकै एक महत्वपूर्ण उत्सव नेपाली नयाँ वर्षको दौरान घरमै रहनु भएका सबैलाई प्रफुल्लित पार्ने लक्ष्य लिएको छ ।
यस नयाँ वर्षमा अधिकाँश मानिसहरुले कोभिड–१९ को सँक्रमण फैलिन नदिन सामाजिक दूरी कायम गर्न सरकारद्वारा जारी गरिएको निर्देशनको पालना गरिरहेका हुनेछन् । यस्तो बेलामा एकताको महसुस गर्न, प्रियजनहरुलाई शुभेक्षा व्यक्त गर्नुले अझ बढी महत्व राख्दछ । अब, आफ्नै घरमा आरामले बसिरहेको समयमा नेपालीहरुले “न्यू बिगिनिङ्गस्” मार्फत् आफ्नो शुभकामना अभिव्यक्त गर्न सक्नेछन्, जुन खास रुपमा डिजाइन गरिएको क्यूरेटेड स्टिकरहरु, राम्रो पोलारोइड फ्रेमहरु र आकर्षक कार्डहरु हुन्, जसले शुभकामनालाई नितान्त व्यक्तिगत एवं भित्री ह्रृदयको भएको दर्शाउनेछ ।
शुभेक्षालाई अझ बढी रमाइलो बनाउन भाइबरले जब मानिसले नयाँ वर्षको शुभकामना, शुभकामना, नयाँ तथा अन्य धेरै शब्दहरु प्रयोग गर्छन्, त्यसमा अन–स्क्रिन एनिमेसन पनि थप गरिदिएको छ ।
स्वास्थ्य र सुरक्षाको प्राथमिकतालाई दृष्टिगत गर्दै एप्याकका बिजनेस डेभलपमेन्टका सिनियर डाइरेक्टर अनुभव नैयरले भने “कोभिड–१९ को महामारीको समयमा हामी चाहन्छौ कि मानिसहरुले नयाँ वर्षको बेलामा पनि सामाजिक दूरीलाई गहनताका साथ पालना गरुन् । एक कम्पनी भएको हैसियतले हामीले यो विशेष दिनको महत्वलाई बुझेका छौं र यसैले हामी चाहन्छौं यो संकटको अवस्थामा नेपाली नागरिकहरु घरमै बस्नुहोस् तर घरमै बसेतापनि आफ्ना प्रियजनहरुसँग सम्पर्कलाई निरन्तरता दिइरहनुहोस् । यो पहलकदमीले नयाँ वर्ष जस्तो ठूलो पर्वको समयमा सबैको जीवनमा केही रमाइला पलहरु थप गरिदिनेछ भनें घरमै बसि भाइरसलाई फैलिन नदिएर हराउनु पनि सकिनेछ ।
भाइबरले नेपालका नागरिकहरुलाई आफ्नो आधिकारिक खातामा सोसियल मिडिया चुनौतिमार्फत् ३क्तबथबतजयmभ पनि पोस्ट गरेको छ । अहिले धेरैभन्दा धेरै निजी कम्पनीहरुले कोभिड–१९ ले निम्ताएको संकटबीच स्वास्थ्य र सुरक्षाका विधिहरु अपनाइरहेका छन् र यस समयमा मानिसहरुले आफ्नो समुदायसँग सम्पर्कमा रहिरहन प्रभावकारी उपायहरु फेला पारिरहेका छन् ।
यो वर्षको नयाँ वर्ष मनाउने शैली केही भिन्न हुनेछ तर भाइबर मार्फत् मानिसहरुले अझैपनि जिम्मेवार भएर मनाउन र आफ्ना प्रियजनहरुसँग सम्पर्कमा रहन सक्नेछन् ।