शुक्रबार र शनिबार काठमाडौं उपत्यका बाहिर जान दिने सरकारको निर्णय | छोड्न चाहनेलाई सरकारले नै लैजाने
काठमाडौं । सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले भोलि र पर्सि बाहिर जान दिने निर्णय गरेको हो ।
११ चैतबाट लागू भएको लकडाउन लम्बिएपछि कतिपय मानिसहरु हिँडेरै गाउँ फर्किन थालेका छन् । विद्यार्थी तथा अनौपचारिक क्षेत्रमा काम गर्नेहरु गाउँ फर्किन चाहेका छन् ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङकाअनुसार काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई राजमार्गका विभिन्न स्टेशनहरुमा पुर्यााइदिने निर्णय भएको छ ।
छोटो दुरीको हकमा कसरी जान दिने भन्ने तय भइसकेको छैन । यसबारे गृह मन्त्रालयले गृहकार्य गरिरहेको एक अधिकारीले बताए ।
तर उपत्यका बाहिरबाट काठमाडौं आउन दिइने छैन ।
सरकारले नै लैजाने
उपप्रधानमन्त्री तथा समितिका संयोजक ईश्वर पोखरेलका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठका अनुसार घर जान चाहनेहरूलाई सरकारले नै गाडीको व्यवस्था गर्ने निर्णय गरेको जानकारी दिए।
समितिको यस्तो निर्णयपछि अहिले गृह मन्त्रालयमा सरोकारवालाहरूको बैठक बसिरहेको छ।
‘कसरी पठाउने भन्नेबारे हामीले छलफल गरिरहेका छौं, साँझसम्म मोडालिटी तयार गर्छौं,’ गृह प्रवक्ता केदारनाथ शर्माले भने।
सरकारले स्थानीय तहसँग समन्वय गरेर नागरिकहरूलाई फिर्ता पठाउने तयारी गरिरहेको छ।
Visited 1 times, 1 visit(s) today