महामारीमा सेवा प्रवाहमा जुट्दै वर्ल्डलिंक |
काठमाडौं । नेपालको सबैभन्दा ठूलो ब्रोडव्यान्ड सर्भिस प्रोभाइडर वर्ल्डलिंकले लकडाउनको समयमा सेवाप्रवाह गर्ने जिम्मेवारी बहन गर्नु अति आवश्यक भएसँगै देशभरका प्रत्येक शाखा कार्यालयहरुमा फिल्ड सपोर्टका कर्मचारीहरु रहने गरी आइसोलेटेड समूहको स्थापना गरेको छ ।
महामारीबाट आफ्ना फिल्ड सपोर्टका कर्मचारी एवं उनीहरुका परिवार एवं आफन्तजनमा पर्न सक्ने प्रतिकूल प्रभावलाई मध्यनजर गरी वर्ल्डलिंकले शाखा कार्यालयहरुमा नै सपोर्ट टिमको लागिखान बस्नको राम्रो व्यवस्था मिलाई सेवा प्रवाह गराउदैं कम्पनीले आएको बताएको छ ।
कोभिड १९ को महामारीमाविश्व समुदायले कठिन परिस्थितिको सामना गरिरहेको बेला नेपालमा पनि यसको फैलावटबाट जेगिनको लागि बुद्धिमतापूर्वक लकडाउनको घोषणा गरिएको छ ।
सबै जना घरमै बस्न विवश परिस्थितिमा विशेषगरी दैनिककार्य घरबाटै सञ्चालन गर्न, समाचारहरु सुन्न र हेर्न, फेसबुक लगायतअन्य सोसल साइटहरुको प्रयोग गर्न एवं मनोरञ्जनका साथ घरमा समय बिताउनको लगि इन्टरनेट अत्याधिक मात्रामा प्रयोग भईरहेको छ ।
अनलाईन बैकिङ्ग, अनलाईन ऐजुकेसन, कर्पोरेट काम, अनलाईन मेडिकल परामर्श जस्ता चुनैतिपूर्ण कार्यहरु पनि इन्टरनेटको प्रयोग बाट नै सम्भव भईरहेको छ । सबै इन्टरनेट प्रदायक कम्पनीहरुको व्याण्डविथमा आएको समस्याका कारणले ग्राहकवर्गमा भरपर्दो सेवाप्रवाह गर्न केहीअसहज परिस्थिति समेत सृजनाभएको सेवा प्रदायकहरुले बताएका छन् ।
वर्ल्डलिंकले पनि प्राविधिक सहयोगमा खटिने फिल्ड सपोर्टका कर्मचारीहरुको स्वास्थ्य सुरक्षालाई ख्याल राखी समय समयमा स्वास्थ्य चेकजाँच गराउने सँगै उनीहरुका लागि पीपीई सेट र पर्याप्तमात्रामा सेफ्टी किटको प्रवन्ध मिलाएको जानकारी गराएको छ ।
टिमको महत्वपूर्ण सहयोगबाट प्रमुख प्राथमिकतामा रहेका आउटेजहरु हृयाण्डल गर्ने, सिस्टम डाउन भएको अवस्थामा मर्मत गर्ने लगायत इन्टरनेटमा आएका विविध समस्याहरु समाधान गर्न सफल हुँदै साहस अनि आँटले भरिपूर्ण आइसोलेटेड टिमको यस्तो किसिमको कार्यप्रति ग्राहकवर्गबाट कम्पनीलाई धन्यवाद प्रदान भईरहेको वर्ल्डलिंकले बतएको छ ।
वर्ल्डलिंकले कोभिड १९ देखा परेका बिरामीहरुको सम्पर्कमा रहेका मानिसहरु राख्दै आएको केही क्वारेन्टाइन स्थलहरुमा समेत इन्टरनेट सेवा प्रदान गर्न सफल भइसकेको र जसबाट क्वारेन्टाइनमा समय बेतित गर्न र खबरहरुसँग अपडेटमा रहन सहजीकरण भईरहेको क्वारेन्टाइनमा रहेका मानिसहरुले बताएका छन् ।
चुनैतिपूर्ण घडीमा राष्ट्रलाई आवश्यक परेको खण्डमा अन्य स्थलमा समेत इन्टरनेट सेवा प्रदान गर्न वर्ल्डलिंक तयार रहेको कम्पनीको दावी छ ।
नेपालमा धेरै ग्राहक भएको वर्ल्डलिंकले यस विषम् परिस्थितिमा भरपर्दो सेवा सुविधा पुर्याई देश र जनतालाई सेवा पुर्याउने कार्यमा निरन्तर अविच्छिन्न रुपमालागि रहने कुराको प्रतिवद्धता समेत जाहेर गरेको छ ।