महिन्द्राका वारेन्टी र निः शुल्क सेवा ६० दिनका लागि थप |
काठमाडौं । लकडाउनका कारण नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कस् प्रालीले आफ्ना ग्राहकहरुको सुविधाका लागि थप सेवा प्रदान गर्ने तयारी गरेको छ।
यो सेवा अन्तर्गत लकडाउनको अवधिमा समाप्त हुने महिन्द्राका फोर ह्विलर अटो डिभिजनका वारेन्टी र निः शुल्क सेवा नियम र सर्तअनुसार ६० दिनको लागि बढाइएको कम्पनीले बताएको छ।