अमेरिकामा एकैदिन एक हजार सात सय ३६ जनाको मृत्यु |
काठमाडौं । मंगलबार अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट एकैदिन अहिलेसम्मकै धेरै मानिसको मृत्यु भएको छ ।
बीबीसीका अनुसार मंगलबार अमेरिकामा एक हजार सात सय ३६ जनाको मृत्यु भएको हो । यससँगै अमेरिकामा यो भाइरसबाट मृत्यु हुने मानिसको संख्या पनि १२ हजार सात सय २२ पुगेको छ ।
अमेरिकामा तीन लाख ९८ हजारभन्दा धेरै मानिसमा यो भाइरसको संक्रमण देखिएको छ । विश्वभर यो भाइरसबाट संक्रमितको संख्या १४ लाख नाघिसकेको छ । यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा मृतकको संख्या अब बिस्तारै घट्न सक्ने बताएका छन् ।
यसअघि अप्रिल ४ मा सबैभन्दा धेरै एक हजार तीन सय ४४ जनाको मृत्यु भएको थियो । मंगलबार घोषणा गरिएको मृत्युको संख्यामा अझै केही राज्यको तथ्यांक समावेश हुन बाँकी रहेको बताइएको छ ।
चीनको वुहानबाट गत डिसेम्बरको अन्तिममा देखिएको यो भाइरसको महामारी अहिले विश्वभर फैलिएको छ । अमेरिका भाइरसबाट सबैभन्दा धेरै प्रभावित हुने मुलुक बनेको छ ।
भाइरसको उद्गमस्थल वुहानको लकडाउन भने बुधबारदेखि खुलेको छ ।
Visited 1 times, 1 visit(s) today