अर्थ मन्त्रालयले स्वास्थ्यलाई १ अर्ब रकमान्तर गर्यो, कोरोना रोकथामका सामाग्री खरिद गर्ने |
काठमाडौं । अर्थमन्त्रालयले कोरोना नियन्त्रणका लागि आवश्यक सामाग्री खरीदका लागि करिब एक अर्ब रुपैयाँ रकमान्तर गरेको छ । अर्थले स्वास्थ्य मन्त्रालयलाई यो रकम दिएको हो ।
हालसम्म स्वास्थ्य मन्त्रालयलाई १ अर्ब रुपैयाँ उपलब्ध गराइएको मन्त्रालयका प्रवक्ता उत्तर खत्रीले जानकारी लिए। उनका अनुसार कोरोना रोकथामका सामाग्री खरिद गर्नका लागि उक्त रकम उपलब्ध गराइएको हो ।
थप रकम माग भएमा रकमान्तर गर्न सकिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले कोरोनाबाट उत्पन्न हुने सम्भावित जोखिमलाई ध्यान दिई १४ शीर्षकमा हुने खर्च कटौती गरिसकेको छ । यी शीर्षकबाट कति रकम फिर्ता हुन्छ भन्ने कुरा मन्त्रालयले खुलाएको छैन ।
यस्तै कोरोना उपचार कोष पनि निर्माण गरिएको छ । यो कोषमा करिब २ अर्ब रुपैयाँ जम्मा भइसकेको छ। तर खर्च भने सुरु गरिएको छैन ।
Visited 1 times, 1 visit(s) today