कक्षा ११ र १२ को परीक्षा अनिश्चितकालसम्मका लागि स्थगित |
काठमाडौं । कोभिड–१९ को संक्रमण जोखिमका कारण देश लकडाउनमा गएपछि यसअघि निर्धा्रित कक्षा ११ र १२ को परीक्षा स्थगित भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले मंगलबार एक सूचना प्रकाशित गर्दै परीक्षा अनिश्चितकालसम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो ।
पूर्व्निर्धा्रित कार्यतालिका अनुसार कक्षा १२ को परीक्षा वैशाख ८ गतेदेखि र कक्षा ११ को परीक्षा वैशाख २१ गतेदेखि हुने तय थियो ।
परीक्षा स्थगित भएसँगै बोर्डले सबै प्रदेशका परीक्षा व्यवस्थापन कार्यालय तथा शाखा कार्यालयहरुलाई सोही बमोजिम गर्न तथा गराउन समेत निर्देशन दिएको छ ।
विद्यार्थी अभिभावक लगायत सम्पूर्ण नागरिकहरु यस संक्रमणको महामारीबाट जोगिनको लागि सावधानीपूर्वक रहन र सामाजिक दूरी कायम गर्न अनुरोध गर्दै बोर्डले विद्यार्थीलाई घरमै बसेर परीक्षाको तयारी गर्न समेत अनुरोध गरेको छ ।
हालको संक्रमणकालीन अवस्थामा सुधार भइ जनजीवन सामान्य अवस्थामा फर्कनेवित्तिकै परीक्षाको नयाँ तालिका प्रकाशित गरेर जानकारी गराइने बोर्डले स्पष्ट पारको छ । यसअघि बोर्डले पूर्व्निर्धा्रित एसईई परीक्षा पनि स्थगित गरेको थियो ।
Visited 1 times, 1 visit(s) today